कास्कीमा आमाको नामबाट नागरिकता लिन २ जना प्रक्रियामा
कास्की | साउन १४, २०८०
कास्कीः जिल्ला प्रशासन कार्यालय कास्कीमा २ जनाले आमाको नामबाट नागरिकता लिने प्रक्रिया सुरु गरेका छन् ।
नागरिकता ऐन संशोधन गर्न ल्याइएको नयाँ विधेयकले आमाको नामबाट मात्र नागरिकता पाइने सुनिश्चित गरेको छ। यसअघि २०७५ सालमा ल्याएको विधेयक फिर्ता लिएको सरकारले हाल नयाँ विधेयक ल्याएको हो।
कास्कीबाट २ जनाले आमाको नामबाट नागरिकता लिन निवेदन दिएको र सम्बन्धित वडाबाट प्रमाणित कागजात र सिफारिश पेश गर्न निवेदकलाई जानकारी दिइसकेको कास्की प्रशासनका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए ।
‘कार्यालयमा निवेदन आएपछि मैले आवश्यक कागजात पेश गर्न भनेको छु’ सहायक प्रजिअ क्षेत्रीले भने ‘सम्भवतः यही हप्ता उहाँहरुले विवरण पेश गरेपछि नागरिकता पाउनुहुनेछ ।’ यद्यपि अहिले यससम्बन्धी विधेयक बनेपनि पहिल्यैदेखि आमाको नामबाट नागरिकता दिइँदै आएको क्षेत्री बताउँछन् ।
संसदबाट यससम्बन्धी विधेयक पारित भएपछि २ जनाले सुरु गरेको प्रक्रिया कास्कीमा पहिलो नै भएको उनले जनाए ।
आमाको नामबाट नागरिकता लिन विधेयकमा ४ शर्त राखिएका छन् । जसमध्ये पहिलो पहिलो सर्त हो, नेपाली आमाबाट नेपालमै जन्मिएको हुनुपर्ने। दोस्रो, नेपालमै बसोबास गरेको हुनुपर्नेछ ।
त्यस्तै, तेस्रो, बाबुको पहिचान नभएको र चौथोमा बाबुको पहिचान नभएको स्वघोषणा गर्नुपर्ने। यस्तो स्वघोषणा नागरिकता लिने व्यक्ति वा उनकी आमाले गर्नुपर्ने हुन्छ। आमाको मृत्यु भएको रहेछ भने त्यसको प्रमाण ल्याएर नागरिकता लिने व्यक्ति आफैंले आफ्नो बाबुको पहिचान नभएको बेहोरा खुलाएर घोषणा गर्नुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै, कास्की प्रशासनले नागरिकतासम्बन्धी नयाँ सूचना निकालेको छ । सूचनामा नेपाली नागरिक आमाबाट जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिको हकमा वंशजको आधारमा नेपाली नागरिकता दिइने उल्लेख छ ।
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ । बैठकमा त्यसपछि पार्टी अध्यक्ष केप...
काठमाडौं: नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको हो । ...
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले विश्व बजारमा प्रतिष्पर्धा गर्ने समयानुकुल शिक्षामा जोड दिनुपर्ने बताउनुभएको छ । सुदूरपश्चिम सम्पर्क समाज, पश्चिमाञ्चल क्याम्पस पोखराले आयोजना गरेको ‘पछ्य...

